चुनावी मिती नजिकिएसँगै सेयर बजारमा करेक्सन : नेप्से बढेर १९ सय २२ अंकमा पुग्यो

लोकपथ
26
Shares

काठमाडौं । चुनावी मिती नजिकिए सँगै सेयरबजारमा करेक्सन देखिएको छ । जसअनुसार यसअघि लगातार घट्दै आएको नेप्से सूचक तथा कारोबार रकम दुबै बढेका छन् । यो साता नेप्से बढेर १९ सय २२ दशमलव १६ बिन्दुमा पुगेको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ४३ अंकमा पुगेको छ ।

नेप्सेको यो उचाई सँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा यो साता दुुई सय ३१ वटा कम्पनीहरुको ९२ हजार आठ सय ६७ पटक कारोबार भएका छन् । जसबाट एक करोड ३६ लाख ६ हजार आठ सय १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौं सय ५८ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साता अर्थात तिहारअघिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता अर्थात तिहार अघि भने नेप्सेमा दुई अर्ब ४७ करोड ६ लाख ४२ हजार ५९ रुपैयाँ बराबरको रकम कारोबार भएको थियो । उक्त साता दुुई सय २१ वटा कम्पनीहरुको ६७ हजार नौं सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष भने यो साता चार दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये दोस्रो, तेस्रो र चौंथो दिन नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको थियो भने पाँचौ दिन यि दुबै सुचक घटेका थिए । पहिलो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये दोस्रो दिन १६ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ अंकमा चढेको नेप्से तेस्रो दिन पनि ५६ दशमलव एक अंकले बढेर एक हजार नौं सय ३० दशमलव ९७ अंकमा चढ्न सफल भएको थियो । यसैगरी चौंथो दिन पनि सात दशमलव ३२ अंकले बढेर एक हजार नौं सय ३८ दशमलव ३० अंकमा चढेको नेप्से पाँचौं दिन भने १६ दशमलव १४ अंकले घटेर १९ सय २२ दशमलव १६ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी दोस्रो दिन चार दशमलव ९३ अंकले बढेर तीन सय ७० दशमलव ८६ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन पनि ११ दशमलव २८ अंकले बढेर तीन सय ८२ दशमलव १४ अंकमा चढ्न सफल भएको थियो ।

चौंथो दिन पनि शुन्य दशमलव ७९ अंकले बढेर तीन सय ८२ दशमलव ९४ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने तीन दशमलव पाँच अंकले घटेर तीन सय ७९ दशमलव ४३ अंकमा सिमित हुन पुगेको थियो ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता नबिल बैंक, एनआईसी एशिया बैंक, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएको छ भने शिवम सिमेन्ट, नेपाल टेलिकम, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)

  दिन          कम्पनी संख्या     कारोबार संख्या     कित्ता   कारोबार रकम
पहिलो दिन                              सार्वजनिक बिदा
दोस्रो दिन      २२४                 १७७४८           २५७४९७५      ६९७३१७६११
तेस्रो दिन       २३१                 २७९३२           ३९७१५९४     १२९०६६४६४२
चौंथो दिन      २२७                 २९०४७           ४३४६७०८     १४६७९१४८७५
पाँचौं दिन       २२०                 १८१४०          २७६७५३९      ८९८९०७८३०
  कुुल                                 ९२८६७          १३६६०८१६    ४३५४८०४९५८

                      (श्रोतः नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?