प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

लोकपथ
52
Shares

काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ । महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?