स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाईनान्स मार्केटमा मिश्र नियुक्त

लोकपथ
14
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्त बजार प्रमुख एवम् ट्रेजरी प्रमुखमा नियुक्त गरेको छ । उनीसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रहीकाम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरी , हेड ट्रेजरी फाईनान्सीयल एण्ड ग्लोवल मार्केटस्को कोषाध्यक्ष रहेका थिए । उनले सनराइज क्यापिटलमा डाईरेक्टर पदमा पनि काम गरि रहेका छन् ।

फेडानको पूर्व अध्यक्ष भई सकेका मिश्र हाल एशोसिएसन फर फाईनान्सियल प्रोफेसनल मेरिल्याण्ड युएसएका क्रियाशिल सदस्य हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?