१३ माघ २०७९, शुक्रवार

प्रधानसेनापति ट्राइ एडभेन्चर मंसिरमा हुने

२०७९,कार्तिक,१७,बिहीवार २२:४२

54
Shares

काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने पाँचौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मंसिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिए ।

उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मंसिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र ¥याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले १ लाख ६० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी, प्रतियोगितामा तेस्रोले १ लाख, चौथोले २० हजार रुपैयाँ र पाँचौँ हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,१७,बिहीवार २२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८

रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गरेको

धरान । धरान उपमहानगरपालिकाले वडा नं.५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६