नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

लोकपथ
273
Shares

काठमाडौं । लोकसेवा आयोगको स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ्ग अधिकृत पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमी नयाँ बानेश्वरले बधाई ज्ञापन गरेको छ । यस पटक लोकसेवाले लिएको नर्सिङ्ग अधिकृत पदमा २० जनाले नाम निकालेकोमा १२ जना चैतन्यमा तयारी गरेकाहरू भएको एकेडेमीले जनाएको छ ।

एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले अधिकृतमा नाम निकाल्न सफल नर्सहरूलाई खादा, माला र उपहार दिएर सम्मान व्यक्त गरेका थिए । ‘पारिवारिक जिम्मेवारीका बाबजुद यहाँहरू नाम निकाल्न सफल हुनुभएको छ । यो निकै खुसीको कुरा हो । यहाँहरूले बिरामीको सेवामा कुनै कसर बाँकी राख्नु हुनेछैन भन्ने हाम्रो विश्वास छ,’ जोशीले भने ।

आफूले अध्ययन गरेर नाम निकालेको संस्थाले यसरी बोलाएर बधाई ज्ञापन गर्दा खुसी महशुस भएको नर्सिङ्ग अधिकृतहरूले बताएका थिए । उनीहरूलाई एकेडेमीका तर्फबाट लक्ष्मी पौडेल, डा.विवेक पौडेल लगायतको विज्ञ टोलीले प्रशिक्षण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?