घोडेपानीमा घोडादौड प्रतियोगिता

RSS
130
Shares
????????, ?? ??????? ?????????? ????????? ?????????? ? ?????????? ??????? ?????? ???? ??? ????????????? ????? ???? ? ?????????? ? ????????????? ???????? ??????? ?????? ????? ?????, ?????????? ?????????? ??? ??? ????? ? ???????? ????????? ????? ????? ????? ??????? ? ??????? ?????? ????, ????

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो ।

पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भउका थिए ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?