लोकपथ टप फिप्टिन : प्रधानमन्त्री देउवा डडेलधुरा पुगेदेखि उम्मेदवारहरुको चर्तिकलासम्मका खबर (भिडियोसहित)

लोकपथ
26
Shares

१. आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुलाई आजबाट आमसभा गर्न खुला, र्‍यालीमा बढीमा १० वटा राष्ट्रिय झण्डा बोक्ने पाइने र धर्मको नाममा कुनै पनि प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन ।

२. वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभामा सहभागि हुन डडेलधुरा पुगे, देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले समेत गरे स्वागत, देउवा ४ दिन मतदातासँगै रहने ।

३. संघीयताको दिगो कार्यान्वयनका लागि मितव्ययी शासन सञ्चालन गर्न राष्ट्रिय सभा अन्तर्गतको विशेष समितिले दियो सरकारलाई सुझाव, संघमा १५ र प्रदेशमा ५ देखि १० वटा मात्रै मन्त्रालय राख्नुपर्नेमा जोड ।

४. रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक ग¥यो आगामी निर्वाचनका लागि वाचापत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र गैर राजनीतिक व्यक्ति राष्ट्रपति हुनुपर्ने एजेण्डा, ३१ वर्षपछिको नेपालको परिकल्पना पनि समावेश ।

५. मतदाता भेटघाटमा रहेका उम्मेदवारहरुले देखाउन थाले चर्तिकला, किसान मतदाता रिझाउन विनोद चौधरीले चलाए ट्याक्टर, काठमाडौंमा रविन्द्र मिश्रले ठेले रिक्सा ।

६. विप्लव नेतृत्वको नेकपासहित ३ राजनीतिक दलद्वारा आगामी निर्वाचन बहिस्कार गर्ने घोषणा, सरकारले पुँजीवादी व्यवस्था टिकाइराख्न निर्वाचन गर्न लागेको आरोप, आन्दोलनका थप कार्यक्रम शनिबार सार्वजनिक गर्ने ।

७. आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रह, जनताको दैनिक जीवनमा आर्थिक समृद्धि को यात्रा सुरु भएको अनुभुती दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन हुन नसक्नेमा जोड ।

८. अघिल्ला निर्वाचनहरुमा धेरै मत बदर भएपछि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले थाल्यो मतदाता शिक्षा अभियान, मतदानका प्रक्रियाबारे जानकारी गराउन जिल्लाभर ४८ स्वयम्सेविका परिचालन, स्वयम्सेविकाले राजनीतिक दलको चुनाव चिह्न देखाएर मतदान गर्न सिकाए कारबाही गरिने ।

९. नक्कली करारनामा बनाइ ४ करोड ५० लाख ठगी गर्ने वीरगञ्जका नौसिद अन्सारी पक्राउ, काठमाडौंमा २ वटा जग्गा किर्ते हस्ताक्षर गरी घरेलु उद्योग र कम्पनी रजिस्टारको कार्यालयमा पेश, नक्कली करारनामा गरी हिमालयन होटल प्रा.लि दर्ता ।

१०. रुपन्देहीको कञ्चन गाउँपालिका–२ मा १५ र १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, बलात्कार गरेको आरोपमा ९ जना पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।

११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १६ अंकले घट्दा कारोबार रकम ८९ करोडमा ओर्लियो ।

१२. म्यानमारमा एनएलडीका ५२ वर्षीय पूर्वसांसद विन मिन्ट ह्लाइङलाई १४८ वर्ष जेल सजाय, आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर ।

१३. फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुग्यो, आँधीमा परि ३६ जना बेपत्ता, ३९ लाख सर्वसाधारण प्रभावित् ।

१४. जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि सकिएन, बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंले राख्यो लामिछानेको मुद्दा हेर्दाहेर्दैमा ।

१५. र, कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश, लुम्बिनी प्रदेश ६ विकेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?