१३ चैत्र २०७९, सोमवार

नोभेम्बर ११ मा कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट

२०७९,कार्तिक,१७,बिहीवार १९:२२

45
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच सम्झौंता भएको छ । बैंकका अनुसार बुधवार बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११ दशमलव ११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११ दशमलव ११ छुट योजना नोभेम्वर ११ अर्थात कार्तिक २५ गते देखि लागू हुनेछ ।

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११ दशमलव ११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्ना ग्राहकहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,१७,बिहीवार १९:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६