कोहलपुरमा एमाले र राप्रपाको संयुक्त घरदैलो अभियान

लोकपथ
39
Shares

कोहलपुर । नेकपा एमाले र राप्रपाले कोहलपुरमा संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका छन् । अभियानको पहिलो दिन बिहिवार कोहलपुर नगरपालिका वडा नम्बर ११ र १२ मा घरदैलो गरिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेश सभा (ख) दुर्गाप्रसाद चौधरीले नगरका विभिन्न टोल र बसपार्क क्षेत्रमा घरदैलो अभियान सुरु गरेका हुन ।

घरदैलोका क्रममा उम्मेदवार ढकालले बाँके क्षेत्र नम्बर १ लाई राष्ट्रिय राजनीतिसँग जोडेर विकास गर्ने युवा जोस जाँगरका साथ आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै यसपटक नयाँ अनुहारलाई मतदान गर्न आग्रह गरे ।

घरदैलोका क्रममा स्थानीयवासीले उत्साहका साथ एमाले उम्मेदवारहरुलाई स्वागत र जितको शुभकामना दिएका छन् । आफ्नै वडाको युवा उम्मेदवारलाई केन्द्रको नेता पाउँदा निकै उत्साहित भएकाले यस पटक एमालेलाई भोट दिने स्थानीय रेवती गिरीले बताईन् ।

प्रदेश सभा (ख) का उम्मेदवार दुर्गाप्रसाद थारुले कोहलपुरको समग्र विकास र समृद्धिका लागि सूर्यमा मतदान गरि आफूहरुलाई जिताउन आग्रह गरे। उनले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभइ समग्र कोहलपुरवासीको हुनुपर्ने बताउँदै स्थानीय जनताको भावना अनुसार विकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?