कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

लोकपथ
78
Shares

धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–८ बाट सोही ठाउँको चौगुर्दी बस्ने २० वर्षीय सञ्जय लुहारलाई १४४ ट्याबलेट नाईट्रोभेटसहित बुधबार साँझ पक्राउ गरेको प्रहरीले बताएको हो ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?