शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की

लोकपथ
26
Shares

काठमाडौं । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीवार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

आवधिक निर्वाचनमा कसैको जित–हारभन्दा पनि लोकतन्त्रको जितका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षास्थिति तथा योजनाका बारेमा ब्रिफिङ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?