लाखेले विदेशी फिल्मलाई पछार्छ : अनुपविक्रम शाही

लोकपथ
56
Shares

काठमाडौं । नेपाली चलचित्र लाखेको प्रिमियर शो सार्वजनिक भएको छ । बुधवार काठमाडौंको एक सिनेमा हलमा फिल्मको प्रिमियर शो देखाइएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता अनुपविक्रम शाहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरेका छन् ।

उनले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । त्यस्तै, अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दापनि राम्रो रहेको बताएकी छिन् । उनले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताएकी हुन् ।

चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत,सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकारलगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द निर्देशन रहेको छ । चलचित्र शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?