स्वतन्त्र पार्टीको नजरमा कस्तो हुनेछ २११० काे नेपाल ?

लोकपथ
77
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगानी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरि पार्टी अध्यक्ष लामिछानेले वृहत्तर योजनासहित वाचापत्र सार्वजनिक गरेका हुन् ।

सो वाचापत्रमा मुख्यतय २३ वाचाहरुसहित ५ वर्षमा गरिने कामहरुको बारेमा संक्षिप्तमा बयान गरिएको छ । त्यसो त स्वतन्त्र पार्टीले अबको ३१ वर्ष अर्थात वि.सं २११० सालको नेपालको परिकल्पना घोषणापत्रमा समावेश गरेको छ ।

जसअनुसार २०७२ को संविधानको जगमा टेकेर विभिन्न कार्यक्रमसहित नेपालले समाजवादको आधार तय गर्ने बताइएको छ ।

ऋबको ३१ व्र्षपछि नेपाल नेपाल हरित (कार्बन नेगेटिभ) राष्ट्रको रुपमा स्थापित हुने, दुर्लभ वन्यजन्तुको संख्यामा वृद्धि भइ दुर्भल नहुने समेत बताइएको छ ।

त्यसैगरी २११० सम्ममा कुनै पनि नेपालीहरु विदेश जान नपर्ने अवस्था निर्माण गरिने समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै गरिबीको रेखामुनी रहेका नेपालीको संख्यामा शून्यता आउने, आधुनिक र सुविधासम्पन्न गाउँहरु हु्ने, सहरहरु गाउँजस्ता हुने, नेपाल विश्वमा न्यून भ्रष्ट्राचार हुने मुलुकमा पर्नेसम्मका प्रतिबद्धताहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पना अनुसार ३१ वर्षपछि सबै किसिमका विभेद र दलनहरुको उन्मुलन भइ कुनै पनि जाती वा समुदायलाई आरक्षणको आवश्यक्ता पर्नेछैन । त्यस्तै सबैले राज्यको मुलधारमा समान पहुँच र अवसर पाई आरक्षण बिना नै खुला प्रतिष्पर्धा मार्फत सबैको समानुपातिक समावेशीता प्रतिनिधित्व हुने भएकोले आरक्षण सान्दर्भिक नहुने सो पार्टीको तर्क रहेको छ ।

यी बाहेक स्वतन्त्र पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीदेखि गैर राजनीतिक व्यक्ति राष्ट्रपति सम्मको नारा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?