सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११ दशमलव ११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रालिका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११ दशमलव ११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १ सय ४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र १ सय १५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?