सामसङले ग्यालेक्सी ए०४ लञ्च गर्दै

लोकपथ
35
Shares

काठमाडौं । सामसङ जहिलै उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि परिचित छ । सामसङले फल्यागशिप फोनदेखि लिएर इन्ट्री लेभलका उत्पादनहरु सम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स् लिएर आएकै हुन्छ । यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडैनै नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरिरहेको छ ।

यो नयाँ सामसङ ग्यालेक्सी ए०४ को खबरले नेपाली बजारमा चर्चा पाइरहेको छ र चाँडैनै नेपाली बजारमा प्रवेश हुन्छ भन्ने अनुमान हुँदैछ । यसको मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ । जसले यसलाई नयाँ युवापुस्ताका लागि एक उक्त फोनको रुममा प्रस्तुत गर्ने छ । युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिनेछ ।

यसको अर्को विषेशता भनेको यसको मुल्य दायरा रहने छ । सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरु ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन पनि सामसङ लाइन अपको एक उत्कृष्ट फोनकोरुपमा चिनिने छ भन्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?