रियल मड्रिड शीर्षस्थानमा

लोकपथ
143
Shares

काठमाडौं । सेन्टिकलाई ५–१ अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ । बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्षस्थानमा रहेको हो । १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको सख्तर डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो । सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् । घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक–एक गोल गरेका थिए ।

सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् । राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४–० ले निराश पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?