सेभियासँग सिटीको पुनरागमन जित

लोकपथ
104
Shares

काठमाडौं । सेभियाविरुद्ध ३–१ को पुनरागमन जित सहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको शीर्षस्थानमा रहँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सेभियामाथिको जितसँगै समूह जी को शीर्ष स्थानमा सिटीको १४ अंक रह्यो । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको नौ अंक रह्यो ।

दुबै क्लब प्रिक्वारटफाइनलमा स्थान बनाएका छन् । यस्तै, तेस्रो स्थानको सेभियाले पाँच अंक जोड्यो भने चौथो स्थानको एफसी कोपनहेगनको तीन अंक रह्यो । दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् । ३१औं मिनेटमा राफा मिरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो । ५२औं मिनेटमा रिको लुइसले सिटीलाई खेलमा फर्काए ।

लुइसले १७ वर्ष तीन सय ४६ को दिनको उमेरमा सिटीबाट पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका थिए । ७३औं मिनेटमा अल्भारेजले सिटीकालाई २१ को अग्रता दिलाए । खेल सकिन सात मिनेट बाँकी रहँदा रियाद महारेजले सिटीका लागि तेस्रो गोल गरे । त्यस्तै, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनले १ – १ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?