यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

लोकपथ
28
Shares

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

नेपाली टोली :

गोलकिपर : राधिका ओली,सुजता तामाङ,रुपा धिमाल

रक्षक : सिता रोकाया,दिपा मगर, अञ्जना पुन मगर,अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा

मिडफिल्डर : सिम्रन राई,पुनम चेम्जोङ,भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन

स्ट्राइकर : दिपा रोकाया (कप्तान),समिक्षा मगर, वर्षा ओली, सेनु परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?