इथियोपियामा सरकार र विद्रोहीबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्न सहमति

लोकपथ
21
Shares

काठमाडौं । इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा द्वन्द्वरत पक्षहरू ‘शत्रुताको स्थायी अन्त्य’ का लागि सहमत भएका छन् । दक्षिण अफ्रिकामा औपचारिक शान्ति वार्ता सुरु भएको एक हप्ता भन्दा बढी समयपछि द्वन्द्वरत पक्षहरू स्थाथी शान्तिका लागि सहमत भएको अफ्रिकी संघका एक मध्यस्थकर्ताले बताएका छन् ।

इथियोपियाको सरकार र टिग्रियाली अधिकारीहरूले व्यवस्थापन, सहज र समन्वयात्मक निशस्त्रीकरण साथै कानुन र व्यवस्थाको पुनस्र्थापनामा सहमति सहमति जनाएका नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगुन ओबासान्जोले शान्ति वार्ताको पहिलो ब्रिफिङमा जानकारी दिए ।सम्झौताले इथियोपियाका लागि नयाँ ‘बिहान’ ल्याएको उनले बताए ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले बुधवारको सम्झौताको प्रशंसा गर्दै यसलाई कार्यान्वयन गरिने बताए । ‘शान्तिप्रतिको हाम्रो प्रतिबद्धता अटल छ । र सम्झौता कार्यान्वयनका लागि सहकार्य गर्ने हाम्रो प्रतिबद्धता पनि उत्तिकै बलियो छ,’ प्रधानमन्त्री अहमदले एक विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?