काठमाडौं । काठमाडौंको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।
महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्री लगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।
महासङ्घको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यात बौद्धमा १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ कला प्रतियोगितासमेत हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया