दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

लोकपथ
208
Shares

काठमाडौं । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् । सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए ।

पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?