हेर्नुहोस् देश विदेशका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
26
Shares

१. उम्मेदवाहरुले भोलिदेखि मंसिर १ गतेसम्म जुलुस र आमसभा गर्न पाउने, आमसभा गर्दा लागेको खर्चको विवरण मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्न निर्वाचन आयोगको निर्देशन ।

२. आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने गृहमन्त्री बालकृष्ण खाँणको दाबी, नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्नेतर्फ सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख ।

३. आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर ।

४. मन्त्रीहरूले सरकारी स्रोतसाधन प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा जान पाउने निर्वाचन आयोगको भनाई, निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको आग्रह ।

५. नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको प्रवक्ता डा. प्रकाशशरण महतको दाबी, घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि ल्याइएको भनाइ ।

६. एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने नेकपा एमालेका नेता राजन भट्टराईको भनाई, ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको तर्क ।

७. कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्ने, कुवेत एयरले पनि गर्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश ।

८. ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर, २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोग ।

९. चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्बको फलफूल भित्रियो, एभोकाडो मात्रै ५१ हजार १९० केजी ।

१०. देशभर थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २१ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५५३ मा झर्यो ।

११. साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि, नेप्से परिसूचक ७.३२ अंकले बढ्दा १ अर्ब ४६ करोडको कारोबार ।

१२. अमेरिकाको तेस्रो ठूलो सहर शिकागो पश्चिमी भागमा हलोविनको रात चौध जनाको हत्या, सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीको खोजी कार्य जारी ।

१३. चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता, भेटवार्तामा दुईदेशका सम्बन्ध र समसामयिक विषयमा छलफल ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा नेदरल्यान्ड्सले हात पा¥यो पहिलो जित, जिम्वावे ५ विकेटले पराजित ।

१५. र, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश विजयी, गण्डकीले कर्णाली प्रदेशलाई ३२ तथा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ८ विकेटले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?