राष्ट्र बैंकले बैकिङ प्रणालीमा २२ करोड ६६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

लोकपथ
65
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा २२ करोड ६६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ मंसिर दुुई गतेदेखि २०८० मंसिर दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १८ करोड, १४ लाख, विकास बैंकहरुको लागि तीन करोड ३९ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १३ लाख रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दाबढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?