तोसिमाको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध सर्वोच्च जाने आयोगको तयारी

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर–३ मा उम्मेदवार दिएकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोग स्रोतले बताएको छ ।
अदालतको अन्तरिम आदेशको अध्ययन गरेर सर्वोच्च अदालत जाने आयोगको तयारीमा छ ।

बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि त्यस्तै संकेत गरे । ‘हामीले उम्मेदवारी खारेजीको निर्णय गर्दा सर्वोच्च अदालतले गरेको निर्णयलाई आधार बनाएको हो । कानूनमा) लाभको पद भनिदिएको छ ।

(त्यो भनेको के हो) कहि कतै लेखिदिएको छैन’ उनले पत्रकार सम्मेलनमा भने, ‘एउटा व्याख्या भएर त्यसैका आधारमा काम गर्दा फेरि अर्को आइपर्छ । तपाई हामीलाई सधैलाई अस्पष्टता भयो । आयोग यसलाई उपयुक्त व्याख्या गराउनको निम्ति प्रयन्त गर्छ ।’

स्रोतका अनुसार, निर्वाचन आयोगले तोसिमाको हकमा दिएको अन्तरिम आदेश दुई कारणले खारेज हुनुपर्ने तर्क गरेको छ । लाभको पदसम्बन्धी नै विवादमा सर्वोच्चले बुधबार रुपन्देही–२ का उम्मेदवार डा.कमल भुसालको हकमा निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?