जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार

लोकपथ
56
Shares

काठमाडौं । आम नागरिकमा बिमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएका छन् ।

सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा भिन तामाङको जन्मदिन मनाएका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफ्नो एक बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्र्तगत जारी भएको १५ लाख रुपैयाँ बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन ।

रिलायन्स लाइफ इन्स्योरेन्स हरेक नेपालीहरु खुलेर जिउन चाहेको हेर्न चाहन्छ सोही बमोजिम नेपालभर प्रदेश नम्बर १ देखि ७ सम्म १ सय २४ शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफू बसेको स्थानबाटै भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?