२१ माघ २०७९, शनिवार

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

२०७९,कार्तिक,१६,बुधबार १९:१३

36
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिकरुपमा जानकारी गराईन् ।

बुधवार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् ।

महानगरपालिकाकी न्यायिक समितिका संयोजकसमेत रहेकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताईन् ।

काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताएकी थिईन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,१६,बुधबार १९:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन ललितपुरको फैसलाले

काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

काठमाडाैं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन । ललितपुर सातदोबाटोका हरिप्रसाद

काठमाडौं । चितवनका किसानहरू आन्दोलनमा उत्रिएका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्।

ताजा समाचार