एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेरि न्यौपाने

लोकपथ
182
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कात्र्तिक १६ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यो निर्णय मंसिर १५ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंक जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत परिचित भएका थिए ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा बैंकलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?