काठमाडौं । निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी मोटरसाइकलमा आएका छन् । तर उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।
मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ठुलाबढालाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् ।
निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रोकेको छैन् । अहिले उनको चौतर्फी आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया