ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन् : राजन भट्टराई

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन् ।

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए ।

उनले सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताए । उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए ।

उनले भने – ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपी यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन । हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कुटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र नेपालको तर्फबाट हामी त्यो भुमिका खेल्नेछौँ ।’

उनले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?