दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे ?

लोकपथ
39
Shares

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनका कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन् भलै घोषणा पत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन् ।

आगामी निर्वाचनमा पनि राजनीतिक दलहरुले समावेश गरेका खेलकुदका एजेण्डाले सम्बोधन पाउन सक्लान त ? प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश सम्हाति हुँदै गर्दा खेलकुदलाई कसरी सम्बोधन गरिँदैछ भनेर खेलकुदसँग जोडिएका गतिविधिहरु अधिकारीहरुले मूल्यांकन गर्न थालेका छन् । खेल र खेलाडीको प्रदर्शनबाट पनि देशले विश्वमा परिचय पाउने गरेको उदाहरण थुप्रै छन् ।

खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो । सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ । किनकी राजनीतिक कोर्षले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसाला दिन्छ भन्ने सबैको चासो रहन्छ ।

प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्यांकन हुन थालेको छ । दलहरुहले धमाधम घोषणा पत्रमा मतदाता समक्ष जाने एजेण्डा बनाइरहँदा खेलकुदका एजेण्डाले पनि स्थान पाएका छन् । सार्वजनिक गरिएका घोषणा पत्रमा देशलाई विकासतर्फ डो¥याउने, आर्थिक समुन्नती र सुशासनका नारा सबैले व्यक्त गरेका छन् । खेलकुद पनि अभिन्न पाटो भन्दै खेल क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निमार्ण र खेलाडीको हीतको विषयमा पनि घोषणा पत्रमा बुँदा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस :-

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले क्षेत्रगत प्राथमिकतामा समवेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेण्डालाई अगाडि सारेको छ । नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आगामी निर्वाचनमा होमिन लागेको कांग्रेसले खेल पूर्वाधार निमार्ण तथा उचित संवद्र्धन गर्ने प्रतिवद्धता अगाडि सारेको छ । व्यवस्थापकिय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरुको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकाररितालाई प्राथमिता राख्ने उल्लेख गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (एमाले):-

सुखी नेपाली समृद्ध नेपालको नारा अंगालेको नेपाल कम्युनिष्ट पाटी (एमाले) पनि खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारलाई नै जोड दिएको छ । एमालले युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने बाचा घोषणापत्रमार्फत गरेको छ । नेपाली खेलाडीले एशियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने गरी खेलाडीको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नेपनि जनाएको छ । यस्तै खेलाडीहरुको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजि गर्ने र धेरै भन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराई अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र):-

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले युवा तथा खेलकुदलाई सँगै समेटेको छ । १३ वटा बुँदा उल्लेख गरिएको शीर्षक अन्तर्गत खेलकुद क्षेत्र एक बुँदामा समेटेको छ । माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रवन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना अगाडि सारेको छ । ठोस योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्टै देखिन्छ ।

नेकपा (एकीकृत समाजवादी):-

सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ । नेपाली खेलकुदमा पूर्वाधार कमजोर भएको अवस्थालाई समेट्दै पूर्वाधारलाई जोड दिएको आंैल्याउन सकिन्छ । स्वास्थ्यका लािग खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणा पत्रमा उल्लेख गरिएको छ । साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलमा पदक प्राप्त गर्नेहरुलाई पदको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्रबाट सम्मान गर्ने जनाएको छ । हरेक पालिकामा खेलकुद गतिविधि सहित रंगशाला र खेल मैदान निमार्ण गर्ने विषयमा जोड दिएको छ । सँगै प्राथमिक तहदेखि महाविद्यालयसम्म खेलकुद सम्बन्धी कार्यक्रममा विद्यार्थीलाई समावेश गराउने तथा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी :-

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेण्डा अगाडि सारेको छ । खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रंगशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेण्डा बनाएको छ । त्यस्तै स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षणको प्रवन्ध मिलाउने, अक्षय कोषको व्यवस्था गरी खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने जनाएको छ ।

नेपाल समाजवादी पार्टी :-

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेकोे नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहनमुलक कार्यक्रमहरुको व्यवस्था गर्ने र खेलकुद सम्बन्धी कार्यक्रमहरुको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति लिने आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

नेपाली राजनीतिका शीर्ष दलको परिचय पाएका अलावा अन्य साना दलहरुले पनि खेलकुदका विषय कतै कतै जोडेका छन् । सबैको चासो पूर्वाधार नै रहेको छ । मंसिर ४ गते हुने निर्वाचनकाक लागि राजनीतिक दहरुले आ–आफ्नो घोषणापत्र लिएर जनताको घरदैलोमा पुगिसकेको अवस्थामा खेलकुदमा जीवन बिताएका खेलपदाधिकारीले भने खेल बुझ्ने पदाधिकारी अभिभावक संस्थामा खोजिरहेका छन् । दलले जारी गरेको घोषणा पत्रमा देशको मुहार फेर्नेदेखि आर्थिक समृद्धिका चखिला नाराहरु जस्तै खेलकुद क्षेत्रको फड्को मार्ने योजनासहितका एजेण्डा र कार्यन्वयन पक्ष अहिलेको खेलकुदको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?