फुटबलर सुमनले गरे प्रेमिका इशासँग इन्गेजमेन्ट

लोकपथ
105
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए ।

सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा थिए । सुमन नवलपरासीका हुन् । इशा भने काठमाडौंकी हुन् । उनी अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् ।

सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् । उनी नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन् । असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश भएका थिए ।

हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?