यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

लोकपथ
105
Shares

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहुँ घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् ।

यसैक्रममा बुधबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा जसपाका महिला नेतृ र कार्यकर्ताहरुले घरदैलो गर्दै मतदातासँग भेटेका छन् । मतदातासँगको भेटघाटमा उनिहरुले मधेशका लागि मरिमेट्दै आएका जसपाकै कारण मधेसी, महिला, दलित, मुस्लिम लगायतले पहिचान र अधिकार पाएकाले जसपा नै मधेसको सच्चा पहरेदार भएको बताए ।

पर्सा–१ मा जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव मधेशका महिलाहरुको हक अधिकारको पक्षमा सडकदेखि सदनसम्म आवाज उठाउने नेता भएको भन्दै जसपाका नेतृहरुले यसपालि फेरि यादवको जित आवश्यक रहेको बताए ।

यादवले फेरि जिते मात्रै मधेसका महिलाहरुको हक अधिकार सुनिश्चित हुने भन्दै उनिहरुले आफनो मत जसपालाई दिएर यादवलाई जिताउन आग्रह पनि गरे । घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?