कात्तिक १८ गते दार्चुला पुगेर ओलीले चुनावी सभा सुरु गर्ने

लोकपथ
13
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गतेबाट चुनावी सभा सुरु गर्ने भएका छन् । अध्यक्ष ओलीले मङसिर १ सम्म चुनावी सम्बोधन गर्ने कार्यक्रम तयार गरेका हुन् । उनि पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने बताइएको छ ।

मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्ने बताइएको हो ।

अध्यक्ष ओलीले कात्तिक १८ गते सूदुरपश्चिमको दार्चुलामा हुने सभाबाट सम्बोधनको सुरुवात गर्ने र मङसिर १ मा प्रदेश १ पुगेर सक्ने तयारी भएको एमाले नेताहरुको भनाइ छ ।

नेकपा एमाले प्रचार विभाग उपप्रमुख रिजालका अनुसार अध्यक्ष ओलीले कुन कुन जिल्लाका कुन कुन स्थानमा हुने सभालाई सम्बोधन गर्ने भन्ने कुरा जिल्लाका नेता तथा उम्मेदवारहरुसँग छलफल भइरहेको र कार्यक्रम तालिका बनिरहेको जानकारी दिए । अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।

एमालेले प्रतिनिधि सभातर्फ १ सय ६५ मध्ये १ सय ४४ स्थानमा पार्टीका उम्मेदवार बनाएको छ भने केहीमा अन्य पार्टीसँग तालमेल गरेका उम्मेदवारहरुलाई सघाउने सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?