१८ मङ्सिर २०७८, शनिवार

१४ दिनपछि डा केसीको अनशन तोडियो

२०७४,कार्तिक,१,बुधबार १५:४१

9
Shares

काठमाडौँ, १ कात्तिक – सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन आज अन्त्य गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन अन्त्य गरेका हुन् ।शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा किरण रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहवरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा केसीले अनशन तोडे ।पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउने प्रस्ताव राखेपछि दिउँसो प्रधानमन्त्री, शिक्षामन्त्री, पूर्वमन्त्री थापा, प्रा केदारभक्त माथेमा, डा केसीका तर्फबाट डा अभिषेकराज सिंहलगायतको प्रधानमन्त्री निवासमा बैठक बसेको थियो ।सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि डा केसीले प्रम देउवासँग टेलिफोन वार्ता गर्दै कात्तिक ६ गते सहमति कार्यान्वयन नभए ७ गते पुनः अनशन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री देउवाले यसपटक सहमति कार्यान्वयन हुने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार १५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश-१ को मतदान प्रक्रिया फेरी सुरु भएको छ । मतपत्रमा नाम छुटेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया अन्तरगत जारी मतदानमा हालसम्म ८०० मत खसेको छ । बिहान ८ बजेबाट

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशको मतदान भैरहवास्थित महेन्द्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको निर्वाचन भर्खरै

ताजा समाचार

ए डिभिजन लिग : मनाङ र संकटाको बराबरी
 २०७८,मङ्सिर,१८,शनिवार १५:०५