च्याम्पियन्स लिग : समूह उपविजेता बन्दै लिभरपुल शीर्ष १६ मा

लोकपथ
105
Shares

काठमाडौं । साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ ।

मंगलबार राति नापोलीलाई २–० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । पराजित नापोली शीर्षस्थानमा रह्यो ।

राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पराजित गर्यो । यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ खेलबाट १५ अंक सहित शीर्षस्थानमा रह्यो । समान अंकको लिभरपुल दोस्रो स्थानमा रह्यो । ६ अंक जोडेको आयाक्स र विना अंकको रेन्जर्स समूह चरणबाट माथि बढ्न सकेनन् ।

समूह चरणको अन्तिम खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सलाहले ८५औं मिनेटमा अग्रता दिलाएका थिए । नुनेजले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?