सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदै

लोकपथ
0
Shares

काठमाडौं । जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान लिइएको थियो । बुधबार थुनछेक बहस हुन लागेको हो ।

मंगलबारबाट सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखेका छन् । बुधबार इजलास खुल्ने बित्तिकै उनीमाथि थुनछेक बहस सुरु हुनेछ । सम्भव भएसम्म बुधबार नै थुनछेक बहस सकाउने तयारी गरिएको छ ।

यद्यपि सरकारी वकिल र प्रतिवादीका वकिल गरी करिब १० जना थुनछेक बहसमा सहभागी हुने तयारी गरिएकाले आजै थुनछेक बहस सकिने वा नसकिने टुङ्गो छैन । बुधबार सुरुमा सरकारी वकिलका तर्फबाट सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै त्यसका आधार र प्रमाण पेस हुनेछ ।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुप्रिया कुँवरले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?