जनताले हिजोको ईतिहास र भोलिको भविष्यलाई बोक्न सक्ने प्रतिनिधि रोज्छन् : नेता केसी

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेद्वारहरुले आफू सक्षम रहेको बताउनु स्वभाविक रहेको बताएका छन् ।

नुवाकोट दरबार परिसरमा चुनावि कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसिले उमेदवारहरुले आफ्नो ऐजेण्डा राम्रो भन्नू स्वभाविक रहेको तर जसले हिजोको ईतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्ने विश्वास व्यक्त गरे ।

उनले प्रचण्ड गोरखामा जित्न, शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा आफू नुवाकोटमा जित्न गठबन्धन नभएको स्पस्ट पारे।

‘लोकतान्त्रिक बाम गठबन्धन कुनै व्यक्ति जित्न होईन राष्ट्र हितमा राखेर राष्ट्र को स्वाभिमान उच्च राख्न, सबिधानको रक्षा गर्न, विकासको गति बढाउनको लागि गठबन्धन गरिएको हो ।’ नेता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?