२० माघ २०७९, शुक्रवार

उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

२०७९,कार्तिक,१६,बुधबार ०८:१६

54
Shares

काठमाडौं । उत्तर कोरियाले बुधबार ‘अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ ।

अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ । अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,१६,बुधबार ०८:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

भारत । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२
पाकिस्तानमा झडप, पाँच जनाको मृत्यु
 २०७९,माघ,२०,शुक्रवार १७:३५