सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त तुलाधर

लोकपथ
21
Shares
;’v]{t, !% sflQs M ldl8of;Fusf] cled’vLs/0fdf lgjf{rg cfo’Qm 8f t’nfw/ lgjf{rg cfof]usf] cfof]hgf tyf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf] ;xsfo{df dªunaf/ ;’v]{tsf] jL/]Gb|gu/df cfof]lht k|b]z:t/Lo ldl8of cled’vLs/0f sfo{qmd pb3f6g ub}{ lgjf{rg cfo’Qm 8f hfgsL t’nfw/ . tl:a/M ;’/]z cfrfo{÷/f;;

काठमाडौं । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त डा तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेखगरिन् ।

उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको बताइन् ।

आयोगका सूचना र गतिविधिबारे आममतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन इ बुलेटिनको सञ्चालन र टोल फ्रि नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन उनले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?