संबिधानको रक्षार्थ गठबन्धनको जित आवश्यक : पूर्वमन्त्री पाण्डे

लोकपथ
286
Shares

पाल्पा । बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान अन्तर्गत रिब्दिकोट गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले संबिधानको रक्षा र जनचाहना अनुसारको कामको लागि गठबन्धनको जित अपरिहार्य भएको बताउँदै जनतामा भ्रम छर्न खोज्नेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

त्यसैगरि, प्रदेश सभा सदस्य पदको उम्मेदवार तुलाराम घर्तीले घरदैलो कार्यक्रममा जनताले देखाएको गठबन्धनका उम्मेदवारलाई थप उर्जा मिलेको भन्दै जनभावना अनुरुपका कामहरुलाई आगामी दिनमा झन शसक्क्त रुपमा लाग्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरि प्रसाद नेपाल ,गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डे , नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी ,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीलागायतले गठबन्धन अहिलेको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?