बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाले दिए सामूहिक राजीनामा

लोकपथ
364
Shares

बारा । बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह, देवराज घिमिरे, रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी, पुरेन्द्र मोक्त्तान, साद अन्सारी, साउद अन्सारी,सलाउद्दीन अन्सारी, अब्दुल्लाह अजाद, अब्बाद अन्सारी, अम्मार अन्सारी, किसान संघ जिल्ला कमिटी सदस्य जादोलाल गोठ, अनेरास्ववियु जिल्ला कमिटी सदस्य राकेश वैठा, दलित जिल्ला कमिटी सदस्य राम भरोस राम सहित ७६ जनाले विज्ञप्ति नै जारी गरेर सामूहिक राजीनामा दिएका हुन् ।

निर्वाचनको मुखमा रातारात जनता समाजवादी पार्टीसँगको अप्राकृतिक गठबन्धनको कारण बाध्य भएर पार्टीबाट सामूहिक राजीनामा दिनुपरेको बताएका छन् । उनीहरूले पार्टीबाट राजीनामा दिनुको १० वटा कारणहरू विज्ञप्तिमा उल्लेख गरेका छन् । जसमध्ये बारा–३ नं क्षेत्रमा पार्टीभित्र योग्य, इमानदार नेतृत्व गर्न इच्छुक नेता कार्यकर्ता हुदाँहुदै कार्यकर्ताको भावना विपरीत जनतामाझ अलोकप्रिय व्यक्तिलाई टिकट दिनु गलत र लज्जास्पद कार्य भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?