लोकपथ टप फिप्टिन : एमालेको घोषणापत्र सार्वजनिकदेखि विप्लवको विरोधसम्मका खबर (भिडियोसहित)

लोकपथ
21
Shares

१. आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले सार्वजनिक गर्यो घोषणापत्र, ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई निरन्तरता दिने, ५ वर्षमा जिडिपी १०० खर्ब पुर्याउनेदेखि सेनिटरी प्याड किन्न १ हजार ५ सय दिनेसम्मका एजेण्डा ।

२. ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश, डाक्टर कार्कीको विषयमा सर्वोच्चद्वारा निर्वाचन आयोगसँग लिखित जवाफ माग ।

३. राजनीतिक दलहरुले निर्वाचनमा महिलालाई प्राथमिकता दिने कुरा गरे पनि भएन पुरा, देशभरका ६१ निर्वाचन क्षेत्र महिलाविहिन ।

४. देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रम घोषणा, पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने चेतावनी ।

५. ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएको घनश्याम भुसालको दावी, संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको भुसालको भनाइ ।

६. सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान सुस्त बन्दै, ६ वर्ष नाघ्दा पनि दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान, भाषागत विवाद कायमै ।

७. मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा छठ पर्व हेर्न आएका एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ, पुरानो रिसिइबी साँध्न छुरा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान ।

८. चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा सुन आयातमा गिरावट, ८२३ केजी सुन भित्रिँदा ६ अर्बभन्दा बढी रकम नेपाल बाहिरियो ।

९. आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न, सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालन गरिने ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना डिस्चार्ज हुँदा देशभर सक्रिय संक्रमितको संख्या ५ सय २८ मा झर्यो ।

११. साताको तेस्रो कारोवार दिन सेयर बजारमा उच्च अंकको वृद्धी, नेप्से परिसूचक ५६.११ अंकले बढ्दा १ अर्ब २९ करोडभन्दा बढीको कारोबार ।

१२. बंगलादेशमा सरकारी कार्यालयको समयमा परिवर्तन, अब बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय खुल्ने ।

१३. अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास गरेको र उनका श्रीमानमाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ, उक्त हमला सुनियोजित भएको प्रहरीको भनाइ, घटनाबारे थप अनुसन्धान हुँदै ।

१४. अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ का खेलमा श्रीलंकाले अफगानस्थानलाई ६ विकेटले हरायो, ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट हात पारेका हसरंगा डे सिल्भा बने प्लेयर अफ द म्याच ।

१५. र, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबद्वारा सुदूरपश्चिम प्रदेश १० विकेटले पराजित, लगातार दोस्रो जित निकालेको एपिएफ अंक तालिकाको शीर्षस्थानमा उक्लियो ।

https://www.facebook.com/lokpath/videos/3241217722858646

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?