जनतासँग लोकपथ : के भन्छन् काठमाडौं–१ का मतदाता ? (हेर्नुहोस् भिडियो)

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदो छ । उम्मेदवारहरु यतिबेला मतदाता रिझाउँन टोलटोल बस्तीबस्तीमा छन् ।

मतदातालाई आफ्ना भावी योजना सुनाउँदै आफू तर्फ आकर्षित गर्ने ध्याउन्नमा छन्, उम्मेदवारहरु ।

यद्यपि पटकपटक मत दिएर पनि विकासको अनुभुती गर्न नपाएका मतदातामा भने आशा भन्दा बढी निराशा देखिन थालेको छ ।

यस्तै निराशा देशकै राजधानी काठमाडौं क्षेत्र नं १ का मतदातामा पनि देखियो । यहाँ नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले पटकपटक चुनाव जित्दै आए, यसपाली पनि उनी चुनावी मैदानमा छन् । उनको प्रतिष्पर्धीका रुपमा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल छन् ।

यीनै अनुहारलाई चुनावी वृत्तमा निहालिरहेका काठमाडौं–१ का मतदाताको मन कसले जित्ला ? यही विषयमा केन्द्रीत रहेर लोकपथले काठमाडौं–१ का मतदाताको मन बुझ्ने प्रयास गरेको छ ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?