कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

लोकपथ
91
Shares

धनगढी । कञ्चनपुरबाट लागुऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?