१३ मङ्सिर २०८०, बुधबार

काँग्रेसले भक्तपुरमा राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल गर्ने

२०७४,कार्तिक,१,बुधबार १५:३२

0
Shares

भक्तपुर, १ कात्तिक – आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ ।काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आज सञ्चारकर्मीसँग यसबारेमा कुरा गर्दैै काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने बताउनुभयो । भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा १ मा भने काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ ।काँग्रेस सभापति थापाले भन्नुभयो, “काँग्रेस बलियो भएकै क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)लाई सघाउने र अन्य क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले काँग्रेसलाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ । भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको छ ।”काँग्रेसको राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र माओवादी (केन्द्र)सँग तालमेलका बारेमा छलफल भइरहेको बताइएको छ ।उम्मेदवारको हकमा भक्तपुर काँग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार काँग्रेस अगाडि बढ्ने र आफूलाई काँग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताउनुभयो ।यता राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पनि भक्तपुरमा काँग्रेसलाई सबै क्षेत्रमा सघाउने र राप्रपालाई निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ को प्रदेशसभामा उम्मेदवारी दिने रविन्द्रप्रताप शाहलाई सघाउने गरी सहमति भएको बताउनुभयो । राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य शाहले काँग्रेससँग तालमेल गरेर जानेबारे सहमति अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार १५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८