श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

लोकपथ
13
Shares

ललितपुर । आफ्नै श्रीमती २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका–१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?