झण्डासहित पानीजहाज चलाउने एमालेको घोषणा दोहोरियो

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको घोषणपत्रमा केही पुराना एजेण्डासहित नयाँ एजेण्डाहरु समेत थपेको छ ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा केही पुराना योजनाहरु समेत समेटिएको छ ।

त्यो मध्ये एक हो झण्डासहितको पानीजहाज चलाउने । अघिल्लो निर्वाचनमा संयुक्त घोषणापत्र सार्वजनिक गर्दै मोनोरेल र पानी जहाज चलाउने घोषणा गरिएको थियो । जुन निर्वाचनका बेला र त्यसपछि आलोचना समेत भएको थियो ।

तर आगामी निर्वाचनको घोषणापत्रमा पुनः झण्डासहितको पानीजहाज चलाउने घोषणा गरेको छ ।

यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?