भारतका ‘स्टील म्यान’ इरानीको निधन

लोकपथ
77
Shares

काठमाडौं । भारतको ‘स्टील म्यान’ भनेर चिनिने जमशेद जे इरानीको ८५ वर्षको उमेरमा सोमबार राति पूर्वी भारतीय सहर जमशेदपुरको टाटा अस्पतालमा निधन भएको छ । टाटा स्टिलले उनको निधन भएको पुष्टि गरेको छ ।

टाटा स्टिलसँग इरानीको चार दशकभन्दा बढी समयदेखि आबद्धता थियो । उनको निधनमा टाटा स्टिलले गहिरो दुःख व्यक्त गरेको छ ।

‘भारतको स्टील म्यान भनेर चिनिने जमशेद जे इरानीको निधनमा हामी गहिरो दुःखी छौं । टाटा स्टील परिवार उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ’ टाटा स्टीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। इरानीका एक पत्नी र तीन सन्तान छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?