उइघुरविरुद्धको अत्याचारबारे तत्काल ध्यान दिन ५० देशको आग्रह

लोकपथ
42
Shares

काठमाडौं । सिन्जियाङ क्षेत्रमा ‘गम्भीर र व्यवस्थित’ मानवअधिकार उल्लंघनका लागि चीनको निन्दा गर्दै ५० देशहरूले राष्ट्रसंघको बहसको क्रममा उइघुरविरुद्धको अत्याचारमा तत्काल ध्यान दिन आग्रह गर्दै एक विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

‘हामी जनवादी गणतन्त्र चीनमा मानव अधिकारको अवस्था विशेष गरी सिनजियाङमा उइघुरहरू र अन्य मुस्लिम अल्पसंख्यकहरूको चलिरहेको मानवअधिकार उल्लंघनको बारेमा गहिरो चिन्तित छौँ’, ती देशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, अष्ट्रेलिया, टर्की, इजरायल, ग्वाटेमाला सोमालियालगायत ५० देशले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?