१३ चैत्र २०७९, सोमवार

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

२०७४,कार्तिक,१,बुधबार १५:२३

0
Shares

काठमाडौँ, १ कात्तिक – नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन । जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या पर्दा समाधानका लागि अप्ठ्यारो अवस्था रहेको थियो ।दुई देशबीच कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, आपूर्ति प्रक्रियालगायतका विषयमा समझदारी भएको हो । सुरक्षित र मर्यादित श्रमका लागि प्रयत्न गर्ने, कामदारको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई पालन गरिने समझदारी पत्रमा उल्लेख छ ।समझदारीले कामदारको हकअधिकार संरक्षण र संबद्र्धनमा सहयोग पुग्ने दुवै देशले विश्वास लिएका छन् । कामदारसम्बन्धी कुनै समस्या आए दुई देशले आपसी सहमतिमा टुंग्याउने पनि समझदारी पत्रमा उल्लेख छ ।नेपालले रोजगारीका लागि १०९ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ । बहराइन, जापान, दक्षिण कोरिया, कुवेत र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार १५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६